+
+
Shares

भारतले दशगजा मिचेर बाँध बनाएको पुष्टि, हटाउने सहमति

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७७ असार २२ गते १५:५५

२२ असार, रौतहट । भारतले रौतहटको इशनाथ नगरपालिका-१ बन्जरहामा दशगजा क्षेत्र मिचेर अस्थायी बाँध निर्माण गरेको पाइएको छ ।

नेपाल भारतको संयुक्त नापी टोलीले जीपीएस प्रविधिबाट नापजाँच गर्दा भारतीय पक्षले दशगजा क्षेत्रको करिब दुई मिटर मिचेर बाँध बनाएको प्रमाणित भएको छ । दुवै देशको सर्वे टोलीको सहमतिमा पिलर नं. ३४६–५ देखि ३४६–७ सम्मको बीचको मोडमा ११ स्थानमा फलामे पाइप ३ फिट गहिरो कंक्रिट ढलानसहित मध्यविन्दु तोकिएको छ । यसरी तोकिएको मध्यविन्दु बाँधको उत्तरी फेदमा परेपछि भारतीय पक्षले दशजगा मिचेको पाइएको हो ।

नापी विभागले तोकेको मध्यविन्दुबाट ९.१ मिटर उत्तर र दक्षिण तर्फ ‘नो-म्यान्स ल्याण्ड’ अर्थात् दशगजा भनिन्छ । जहाँ दुवै पक्षले कुनै पनि स्थायी तथा अस्थायी भौतिक संरचना निर्माण गर्न पाउँदैनन् । तर ३४६–६ नम्बर पिलरबाट पश्चिमतर्फको बाँध १ मिटरदेखि ५ मिटरसम्म दशगजाभित्र परेको पाइएको छ ।

दशगजमा परेको बाँधका केही भाग दुवै देशका सुरक्षाकर्मीको समन्वयमा डोजर लगाएर हटाएका छन् ।

विवादित रहेको पिलर नम्बर ३४६–५ देखि ३४६–७ को बीचमा ३ वटा अस्थायी पिलर र ३४६/६ देखि ३४६/७ सम्म करिब २०० मिटरसम्म दशगजा क्षेत्रलाई मिचेर बनाएको बाँधको पूर्णभाग वर्षा र बाढी पूर्व नै यथाशीघ्र हटाउनु आवश्यक छ । दुवै देशको प्राविधिक टोलीले जीपीएस प्रविधिबाट नक्साको पहिचान गरेर सीमा क्षेत्रमा ११ स्थानमा अस्थायी पिलर गाडिएको छ ।

इशनाथ नगरपालिका १ का वडाध्यक्ष विगु साह बनियाँले भने भारतीय पक्षले वर्षौंदेखि बाँधमा निर्माण तथा स्तरोन्नतिको काम गर्दा पनि प्रशासनले पहल नगरेका कारण नेपालतर्फ डुबानको समस्या हुँदै आएको बताए । दुवै देशको नापी विभागले मध्यबिन्दु भनेर रेखाङ्कन गरेको स्थानबाट दशगजा क्षेत्र प्रष्ट भएपछि दुवै देशका बासिन्दालाई सहज हुने उनले बताए ।

प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बन्जरहादेखि दक्षिण दशगजामा सीमा छुट्याइएको बताए । ‘अतिक्रमण हटाउन भारतीय पक्षले सहमति गरेका छन्’ उनले भने, ‘यथासक्य चाँडो हटाउने भनेका छन्, तर उनीहरूको तर्फबाट ढिला सुस्ती भयो वा आनाकानी भयो भने हामी आफैँ पनि हटाउछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?