Comments Add Comment

रुपन्देही सामूहिक हत्याका अभियुक्त झसेन्द्र पुर्पक्षका लागि थुनामा

२२ असार, बुटवल । रुपन्देहीको तिलोत्तमास्थित एक भैँसी फार्ममा पाँचजनाको हत्यामा संलग्नको अभियोग लागेका झसेन्द्रबहादुर सिञ्जाली पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।

तिलोत्तमा-१० कान्छीबजारस्थित कृष्णबहादुर पुनको गंगादेवी पशु फार्ममा गत जेठ २६ गते ५ जनाको सामूहिक हत्याका अभियुक्त सुर्खेतको लेकबेंसी गाउँपालिकाका ३१ वर्षका सिञ्जाली अदालतको आदेशपछि थुनामा पठाइएका हुन् ।

जिल्लाका न्यायाधीश मात्रिकाप्रसाद मरासिनीको इजलासले आइतबार अभियुक्त सिञ्जालीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी गंगा अधिकारीले जानकारी दिए । आदेशपछि अभियुक्तलाई जिल्ला कारागार भैरहवा पठाइएको रुपन्देहीका  प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले बताए ।

सिञ्जालीमाथि भैँसी फर्ममा काम गर्ने रुपन्देही सैनामैना नगरपालिका वडा नं. ५ का ४० वर्षीय माधव मुसहर, उनकी श्रीमती ३५ वर्षीया जानकी मुसहर, फर्ममै बस्ने १५ वर्षका पोषराज मुसहर तथा स्थानीय १६ वर्षका करण चौधरी र १७ वषैका आशीष चौधरीको सामूहिक हत्या गरेको आरोप लागेको छ ।

घटनापछि पक्राउ परेका सिञ्जालीले आफूले नै पाँच जनाको हत्या गरेको स्वीकार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment