Comments Add Comment

प्रदेश २ मा थपिए २९ जना कोरोना संक्रमित

५६ जना संक्रमित डिस्चार्ज

२२ असार, वीरगञ्ज । पछिल्लो २४ घण्टामा प्रदेश २ मा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेश २ मा सोमबार ४ जना महिला र २५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

धनुषामा एक जना, महोत्तरीमा २० जना र सर्लाहीमा ८ जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको हो । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणका क्रममा उनीहरुको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश २ मा संक्रमितको संख्या ३ हजार ७ सय ३७ पुगेको छ ।

कोरोना परीक्षणका लागि गरिएको स्वाबको नमुना संकलन मध्ये २ हजार ७ सय ९८ जनाको रिपोर्ट आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३ हजार ५६ जना शंकास्पद संक्रमित प्रदेश २ का विभिन्न क्वारेन्टिनमा बसिरहेका छन् ।

धनुषाको धनौजी गाउँपालिका स्थित क्वारेन्टिनमा १ जना, महोत्तरीको भंगाहा नगरपालिका क्वारेन्टिनमा २० जना र सर्लाहीको चक्रघट्टा क्वारेन्टिनमा ४ महिलासहित ८ जनाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

सोमबार प्रदेश २ बाट ५६ जना संक्रमित डिस्चार्ज भएर घर गएका छन् । अस्पतालमा हेरचाह र उपचारपछि ११ जना महिला सहित ५६ जना कोरोनामुक्त भएर घर फर्किएको वरिष्ठ जनस्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी दिए ।

प्रदेश २ मा हालसम्म २ हजार ९१ जना डिस्चार्ज भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment