+
+
Shares

स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको सम्मेलन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २२ गते १९:२३

२३ असार, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरुको छैटौं राष्ट्रिय शिखर सम्मेलन काठमाडौंमा सोमबार शुरु भएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदको आयोजनामा भएको सम्मेलनमा वैज्ञानिक तथा सहभागीहरुको भर्चुअल उपस्थिति रहेको छ । उद्घाटन सत्र पनि परिषद्को सभाहलबाट निश्चित व्यक्तिहरुको उपस्थितिमा संक्षिप्त रुपमा गरिएको थियो ।

सम्मेलनमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुले ८६ वटा जनस्वास्थ्यका विषयमा अनुसन्धान प्रस्तुत गर्ने परिषदका सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए । तीमध्ये ३२ वटा मौखिक प्रस्तुतिकरण र ५४ वटाको पोष्टर प्रस्तुतिकरण हुने बताइएको छ । १० वटा भने आमन्त्रित प्रस्तुतिकरण रहनेछ ।

प्रत्येक वर्ष आफनो वार्षिकोत्सवमा सम्मेलन गर्दै आएको परिषदले यसपटक कोरोना महामारीका कारण सम्मेलन भर्चुअल रुपमा गरेको हो । सम्मेलनमा उत्कृष्ट वैज्ञानिकहरुलाई अवार्डद्वारा सम्मानित समेत गरिने छ।

सम्मेलन उद्घाटनमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले परिषदले स्वास्थ्यका महत्वपूर्ण क्षेत्रको पहिचान गरी अध्ययन अनुसन्धानबाट नीति तथा कार्यक्रम निर्माणमा सहयोग पुर्‍याउन सक्ने बताए । उनले स्वास्थ्य क्षेत्रको समग्र विकास तथा सुदृढिकरणका लागि स्वास्थ्य मन्त्रालयल सदैव तत्पर रहने आश्वासन दिए ।

उद्घाटन सत्रमा स्वास्थ्य राज्यमन्त्री नवराज रावत, परिषदका अध्यक्ष प्रा.डा. अञ्जनीकुमार झा, उपाध्यक्ष डा. भोजराज अधिकारी, कार्यकारी सदस्य सचिव डा. प्रदीप ज्ञवाली, डव्लुएचओका नेपाल प्रमुख डा. जोश भ्यान्डिलियर लगायतले धारणा राखेका थिए । सम्मेलन भोलिसम्म चल्नेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?