
नायक सुशान्त सिंह राजपुत अभिनित अन्तिम चलचित्र ‘दिल बेचरा’को ट्रेलर सोमबार सार्वजनिक भएको छ । सार्वजनिक भएको एक दिन पनि नबित्दै यो ट्रेलरले युट्युबमा नयाँ रेकर्ड राखेको छ ।
चलचित्रको ट्रेलरलाई ५० लाख लाइक मिलेको छ । यो कुनै पनि चलचित्रको ट्रेलरले पाएको सबैभन्दा बढी लाइक हो । यसअघि भारतीय चलचित्र ‘जीरो’लाई २० लाख लाइक मिलेको थियो ।
चलचित्रको ट्रेलरमा ५० लाख लाइक आउँदा जम्मा १६ हजार मात्र डिसलाइक आएको छ । मुकेश छावराको निर्देशनमा तयार भएको यो चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज हुँदैछ ।
फक्स स्टार स्टुडियोले निर्माण गरेको चलचित्रमा ए आर रहमानको संगीत छ । क्यान्सरसँग लडिरहेकी एक युवती र एक युवक बीचको प्रेम कथामा चलचित्र बनेको छ । चलचित्रमा सुशान्तसँगै सन्जना सान्घीले काम गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4