+
+
Shares

धितोपत्र बोर्ड र नेप्सेका कर्मचारीलाई आईपीओ भर्न नदिन सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २३ गते १५:४३

२३ असार, काठमाडौं । पुँजी बजारका विषयमा अध्ययन गर्न गठित संघीय संसदको अर्थसमितिले बनाएको उपसमितिले नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जमा कार्यरत कर्मचारीहरुलाई साधारण सेयर (आईपीओ) भर्न नदिन सिफारिस गरेको छ ।

नेकपाकी सांसद रामकुमारी झााक्री संयोजकत्वको उपसमितिले लामो अध्ययन पछि मंगलबार समितिलाई प्रतिवेदन बुझाएको प्रतिवेदनमा बोर्ड र नेप्सेका कर्मचारीहरुलाई आईपीओ भर्न नदिन सिफारिस गरेको हो ।

उपसमितिले बुझाएको प्रतिवेदनमा यसअघि भरेर परेको आईपीओहरु घोषणा गरी विक्री गर्न पाउने तर नयाँ आवेदन दिन नपाउने सिफारिस गरिएको छ । उपसमितिले सिफारिस गरेपनि यहिँ कार्यान्वयन हुने पक्का भने हुँदैन ।

प्रतिवेदनमाथि अब समितिमा छलफल हुनेछ । छलफलपछि समितिले सम्बन्धित निकायमा कार्यान्वयनका लागि आवश्यक निर्देशनहरु दिनेछ ।

उपसमितिले बोर्डलाई नेप्सेको अनलाइन प्रणालिीमा आवद्ध गरी निगरानी र अनुमगन गर्ने व्यवस्था मिलाउन पनि सिफारिस गरेको छ । विद्युतिय विवरण प्रवाह प्रणालीको विकास गरी लागू गर्ने, सूचना प्रविधि नीति लागू गर्न आवश्यक निर्देशका बनाउने लगायतका सुझाव उपसमितिले दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?