Comments Add Comment

कर्णालीमा थपिए १४ जना कोरोना संक्रमित, २८ जना डिस्चार्ज

२३ असार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा १४ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार थप १४ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये सुर्खेका १२ जना र सल्यानका दुईजना रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यससँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १५३० पुगेको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका तीनजना, भेरीगंगा नगरपालिकाका तीनजना, बराहताल गाउँपालिकाका एक र गुर्भाकोट नगरपालिकाका पाँचजनामा कोरोना पुष्टि भएको छ । त्यस्तै, बनगाड कुपिण्डे नगरपालिकाका दुईजना रहेको स्वास्थ्य महाशाखाले जनाएको छ ।

कर्णालीमा मंगलबार थप २८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १२७५ पुगेको छ ।

प्रदेश अस्पताल सुर्खेतबाट दुईजना, चिङ्गाड आइसोलेसन सेन्टरबाट नौजना, दुल्लु अस्पताल दैलेखबाट दुईजना, भगवतीमाई आइसोलेसन सेन्टर दैलेखबाट आठजना, नौमुले आइसोलेसन सेन्टरबाट एकजना, सान्नी त्रिवेणी आइसोलेसन सेन्टर कालीकोटबाट पाँचजना, र कालीकोटको रास्कोट आइसोलेसन सेन्टरबाट एकजना गरी २८ जना डिस्चार्ज भएका हुन् ।

कर्णालीमा छजना कोरोना संक्रमितको मृत्यु भएको छ । २४९ जना आइसोलेसनमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment