
२३ असार, काठमाडौं । इटाली सरकारले बंगलादेशबाट आउने सबै उडानमा एक साताको लागि प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
इटालीका स्वास्थ्यमन्त्रीले सोमबार बंगलादेशबाट आएको विमानमा उल्लेख्य संख्यामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएको भन्दै तत्कालको लागि बंगलादेशबाट आउने उडानमा रोक लगाइएको बताएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार अबको एक सातामा इटालीको विमानस्थलमा युरोपभन्दा बाहिरबाट आउको उडानमा राम्रोसँग स्क्रिनिङको व्यवस्था गरिनेछ ।
गत साता मात्र रोमसँग जोडिएको लाजियो क्षेत्रमा बस्ने बंगलादेशी नागरिकलाई प्रशासनले कोरोना परीक्षण गराउन आग्रह गरेको थियो । किनकी उनको बस्तीमा हालैमात्र कोरोना भाइरसका धेरै संक्रमितथ फेला परेका थिए ।
स्रोत : बीबीसी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4