Comments Add Comment

जनसम्पर्क समिति र धादिङ काँग्रेसका प्रतिनिधिबीच भर्चुअल अन्तर्क्रिया

काठमाडौं । धादिङ काँग्रेस र जनसम्पर्क समितिका अधिकारीहरूबीच भर्चुअल अन्तर्क्रिया सम्पन्न भएको छ । सोमबार धादिङबाट जनसम्पर्क समितिमा आबद्ध प्रतिनिधिहरूको आयोजनामा कोभिड-१९ ले पारेको असर र धादिङ काँग्रेसको भावी रणनीतिको विषयमा अन्तर्क्रिया सम्पन्न भएको हो ।

पहिलो चरणमा असार १५ गते प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यबीच अन्तर्क्रिया कार्यक्रम सकिएको थियो । असार २२ गते नेपाली काँग्रेस धादिङका महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भातृ संगठनका प्रमुख र क्षेत्रीय सभापतिहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली काँग्रेस धादिङका सभापति रमेश धमला सहभागी थिए ।

विदेशी जनसम्पर्क समितिमा आबद्ध रहने बक्ताहरूमा नेपाली जनसम्पर्क समिति साईप्रसकी सभापति तथा महासमिति सदस्य सीता अर्याल, इजरायलबाट महामन्त्री राज छत्कुली, पोर्चुगलबाट महाधिवेशन प्रतिनिधि चिजकुमार तामाङ, जनसम्पर्क समिति भारतका केन्द्रीय सदस्य अर्जुन धरेल र कोरियाबाट मनोज थापा रहेका छन् ।

अन्तर्क्रियामा बोल्ने सबैले काँग्रेसलाई गुट/उपगुट छाडेर आगामी जिल्ला अधिवेशनमा पार्टीलाई सर्वसम्मत नेतृत्व चयन गर्न र अबको काँग्रेसलाई एक ढिक्का भएर अगाडि बढाउनतर्फ जोड दिएका छन् ।

नेपाली काँग्रेस धादिङको तर्फबाट नेताहरू रामनाथ अधिकारी, हरि अधिकारी,  शिवराज अधिकारी, भीम ढुंगाना, फडिकान्त छत्कुली, माधव पाण्डे, बद्री अर्याललगाएत महासमिति सदस्य महाधिवेशन प्रतिनिधि, भातृ संगठननका प्रमुखहरू गरी २५ जनाभन्दा बढी बक्ताहरूले आफ्नो मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment