Comments Add Comment

बैंकमा थुप्रियो वर्षकै धेरै तरलता

२३ असार, काठमाडौं । बैंकहरुमा लगानी योग्य रकम (तरलता) अत्यधिक देखिएको छ । बैंकहरुमा यतिबेला १ खर्ब ३१ अर्ब ६४ करोड रुपैयाँ रहेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ ।

यो चालु आर्थिक वर्षको सबैभन्दा धेरै भएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए । चालु आर्थिक वर्षको पहिलो महिनामा एक खर्बको हाराहारीमा रहेको तरलता त्यसपछि क्रमशः घट्दै गएको थियो ।

लकडाउनका कारण बैंकिङ लगानी घटेपछि बैंकहरुमा अधिक तरलता देखिएको प्रवक्ता भट्टले बताए । यस वर्षकै धेरै तरलता हुनुको कारण सरकारी खर्च बढ्नु पनि भएको उनले बताए । असार लागेसँगै सरकारले गर्नुपर्ने खर्च राम्रो बढेको साथै बाहृय ऋण पनि बढेका कारण बैंकहरुमा अधिक तरलता देखिएको उनले बताए ।

‘लकडाउपछि कर्जाको माग एकदमै कम छ, फेरि सरकारको खर्च भटाभट भएको छ’ अनुसन्धान विभागका प्रमुख समेत रहेका प्रवक्ता भट्टले भने, ‘जसले गर्दा यतिबेला तरलता १३२ अर्ब ६४ करोड पुगेको छ, यो आर्थिक वर्षको सबैभन्दा धेरै हो ।’

अघिल्लो वर्षसम्म बैंकहरुले तरलता अभाव झेलिरहेका थिए । बैंकमा पर्याप्त तरलता नहुदा ऋण लिन आउनेहरुलाई रित्तो हात फर्काउने गरेका बैंकहरुमा यतिबेला भने अधिक तरलता देखिएको छ ।

बैंकहरुमा तरलता अभाव भएकाले पठाउने तथा धेरै तलरता भएको बेला राष्ट्र बैंकले प्रशोचन गर्ने गरेको छ । तर यतिबेला राष्ट्र बैंकले प्रशोचनसमेत गरेको छैन ।

अर्थतन्त्रलाई चलायमान बनाउन ऋण लगानी बढाउनु नै राम्रो हुने भएकाले बैंकले लगानी बढाउनु पर्ने उनले बताए । बैंकले लगानी बढाउन भनेर राष्ट्र बैंकले अहिले प्रशोचन नगरेर खुला छाडिदिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment