Comments Add Comment

कर्णाली प्रदेशको बजेट सर्वसम्मत पारित

२४ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि ल्याएको बजेट सर्वसम्मत पारित भएको छ । प्रदेशसभाको बुधबारको बैठकले विनियोजन विधेयक २०७७ सर्वसम्मत पारित गरेको हो ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदमा उठेका विषयमाथि जवाफ दिएपछि विधेयक पारित भएको हो ।

सरकारले ल्याएको नीति दीर्घकालीन र बजेट जनतामुखी भएको मुख्यमन्त्री शाहीले बताए । उनले बजेटलाई उत्पादक क्षेत्रमा विनियोजन गरिनुपर्दछ भन्ने कुरामा प्रदेश सरकारको ध्यानाकर्षण भएको बताए । ‘काम गर्नका लागि अपर्याप्त संरचना र जनशक्ति हुनाका साथै भएको जनशक्ति पनि कम अनुभवी भएकाले समस्या उस्तै रहेको छ,’ उनले भने, ‘कर्णालीको मुहार सबैले मिलेर गर्न जरुरी छ ।’

कुल बजेटमध्ये पुँजीगत खर्च ५७ प्रतिशत, चालु खर्च ३४ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ९ प्रतिशत विनियोजन गरिएको छ ।

मुलुकको करिब २१ प्रतिशत भूगोल, ६ प्रतिशत जनसख्या र चालु आर्थिक वर्षमा मुलुकको कुल ग्रार्हस्थ उत्पादनमा कर्णाली प्रदेशको योगदान करिब ४.३ प्रतिशा योगदान रहेको आर्थिक मामिला तथा योजनामन्त्री ज्वालाले बताए ।

बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री ज्वालाले सदनमा उठेका कुरा सरकारका लागि मार्गदर्शन भएको प्रतिक्रिया दिए ।

बजेटमाथि झण्डै एक महिना छलफल गरिएको थियो । प्रदेश सरकारकातर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले असार १ गते संसदमा बजेट पेस गरेका थिए । आगामी वर्षका लागि सरकारले ३३ अर्ब ७४ करोडको वजेट ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment