Comments Add Comment

वैज्ञानिकहरु भन्छन्- कोरोनाको असर मानव मस्तिष्कमा पर्न सक्छ

२४ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को विषयमा वैज्ञानिकहरुले नयाँ समस्यातर्फ संकेत गरेका छन् । वैज्ञानिकहरुका अनुसार कोरोना भाइरसको कारण मानिसको मस्तिष्कको गम्भीर किसिमको रोग उत्पन्न हुन सक्छ । जसको उपचार पनि सम्भव नहुने उनीहरुको भनाइ छ ।

युनिभर्सिटी कलेज लण्डनका शोधकर्ताहरुले कोभिड–१९ का ४३ बिरामीको मस्तिष्कमा गम्भीर समस्या देखिएको बताएका छन् । यी बिरामीहरुको मस्तिष्क सुन्निएको पाइएको थियो । साथै उनीहरुमा मनोविकृति तथा बेहोसी अवस्थामा नै बर्बराउने बानी पनि देखिएको थियो ।

अध्ययनका अनुसार बिरामीको मस्तिष्कले काम गर्न बन्द गर्न सक्छ । त्यसका साथै मस्तिष्कका नसामा पनि क्षति पुग्न सक्ने उनीहरुको भनाइ छ । यसले मस्तिष्कको अर्को समस्या निम्त्याउन सक्ने उनीहरुले बताएका छन् ।

युनिभर्सिटी कलेज लण्डनका इन्स्टिच्युट अफ न्युरोलोजीका डाक्टर माइकल जान्डीले भने, ‘कोरोना भाइरसको क्रममा ठूलो संख्यामा मानिसको मस्तिष्कमा नोक्सानी पुग्नेछ । सम्भवत सन् १९१८ को अवस्था हुनेछ । स्पेनिस फ्लुपछि सन् १९२० र १९३० को दशक मानसिक ज्वरो इन्सेफेलाइटिसको प्रकोप देखिएको थियो । त्यसैअनुसार कोरोना भाइरसको कारण न्युरोलोजिकल समस्याको सामना गर्नुपर्ने अवस्था आउन सक्छ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment