Comments Add Comment

बेलायतमा रेष्टुरेन्टको आधा पैसा सरकारले तिरिदिने

२४ असार, काठमाडौं । बेलायतको सरकारले आगामी अगष्टमा रेष्टुरेन्टमा खाना खाने सबैको आधा पैसा तिरिदिने भएको छ ।

बुधबार मिनी बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री ऋषि सुनाकले यस्तो घोषणा गरेका हुन् । कोरोना भाइरस (कोभिड–१९) को कारण अहिले समस्यामा परेको रेष्टुरेन्ट तथा सेवा उद्योगको विस्तारको लागि यस्तो योजना अघि सारिएको हो ।

अगष्ट महिनाभर प्रत्येक साता सोमबारदेखि बुधबारसम्म क्याफे, रेष्टुरेन्ट, पबहरुमा खाएको खानाको आधा शुल्क  सरकारले तिर्नेछ ।

त्यस्तै मानिसहरुलाई गर्मी मौसममा बाहिर घुम्न जान प्रेरित गर्ने उद्देश्यका साथमा अस्थायी रुपमा भ्याटमा कटौतीको नियम ल्याइएको छ । पर्यटन र सेवा क्षेत्रमा भ्याट शुल्क २० प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारिएको छ ।

यसले प्रत्येक परिवारको वार्षिक १६० पाउण्ड बचत हुने बताइएको छ । यो नियम अर्को बुधबारदेखि लागू हुनेछ ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment