
२४ असार, काठमाडौं । बेलायतको सरकारले आगामी अगष्टमा रेष्टुरेन्टमा खाना खाने सबैको आधा पैसा तिरिदिने भएको छ ।
बुधबार मिनी बजेट सार्वजनिक गर्ने क्रममा अर्थमन्त्री ऋषि सुनाकले यस्तो घोषणा गरेका हुन् । कोरोना भाइरस (कोभिड–१९) को कारण अहिले समस्यामा परेको रेष्टुरेन्ट तथा सेवा उद्योगको विस्तारको लागि यस्तो योजना अघि सारिएको हो ।
अगष्ट महिनाभर प्रत्येक साता सोमबारदेखि बुधबारसम्म क्याफे, रेष्टुरेन्ट, पबहरुमा खाएको खानाको आधा शुल्क सरकारले तिर्नेछ ।
त्यस्तै मानिसहरुलाई गर्मी मौसममा बाहिर घुम्न जान प्रेरित गर्ने उद्देश्यका साथमा अस्थायी रुपमा भ्याटमा कटौतीको नियम ल्याइएको छ । पर्यटन र सेवा क्षेत्रमा भ्याट शुल्क २० प्रतिशतबाट घटाएर ५ प्रतिशतमा झारिएको छ ।
यसले प्रत्येक परिवारको वार्षिक १६० पाउण्ड बचत हुने बताइएको छ । यो नियम अर्को बुधबारदेखि लागू हुनेछ ।
स्रोत : बीबीसी
प्रतिक्रिया 4