Comments Add Comment

‘पीआरवाली’ ले ल्याइन् तीजको गीत, ट्विनी गर्ल्स र बलेको डान्स

तीज आउन करिब डेढ महिना मात्रै बाँकी छ । अघिल्ला वर्षहरुमा यतिबेला नयाँ तीज गीतहरुको बाढी आइसकेको हुन्थ्यो । यसपाली कोरोना र लकडाउनका कारण पहिलेजस्तो रौनक छैन । तर, केही गायक–गायिकाहरुले कोरोना बिर्सँदै नयाँ तीजको गीत रेकर्ड र सार्वजनिक गर्न थालेका छन् ।

‘छ न त विदेशको पीआर छ…’ बोलको गीतबाट चर्चा कमाएकी गायिका अनिता चलाउनेले बुधबार आफ्नो नयाँ तीजको गीत सार्वजनिक गरेकी छन् । ‘यस्तो बनोस मेरो तीज’ बोलको गीत उनले आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेकी हुन् । गीतमा उदियमान गायिका समिक्षा अधिकारी र बेनिशा पौडेलको कोरस गायन रहेको छ ।

यो गीतको भिडियोमा ‘ट्विनी गर्ल्स’ प्रिन्सी र प्रिज्मा खतिवडाको नृत्य हेर्न पाइन्छ । उनीहरुलाई हास्यकलाकार सागर लम्साल ‘बले’ ले साथ दिएका छन् । पछिल्लो समय म्युजिक भिडियोमा सागर र ट्विनी गर्ल्सको जोडी निकै चलिरहेको छ । उनीहरुको बढ्दो क्रेजलाई हेरेर म्युजिक भिडियोमा अनुवन्ध गरेर अनिताले बताइन् ।

यस गीतमा शब्दहरु विपिन किरणको र संगीत दिपक शर्माको रहेको छ । गीतको म्युजिक भिडियो निर्देशन गम्भिर विष्टले गरेका हुन् भने नृत्य निर्देशन सुबोल थापाको रहेको छ । प्रारम्भिकरुपमा युट्युवमा भिडियोले सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment