+
+

प्रदेश १ मा १७ जना संक्रमित थपिए, डिस्चार्ज भएर ४९ जना घर फर्किए

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २४ गते १९:४२

२४ असार, विराटनगर । प्रदेश १ मा बुधबार १७ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा ३, झापामा ७, सुनसरी, इलाम र ताप्लेजुङमा २/२ जना र तेह्रथुममा १ जनामा संक्रमण देखिएको हो ।

मोरङको लेटाङ नगरपालिकामा एक जना पुरुष र धनपालथानमा २ जना पुरुष, झापाको मेचीनगरमा एक जना महिला, ४ जना पुरुष, विर्तामोड र हल्दिबारीमा १/१ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

सुनसरीको इटहरीका २ जना पुरुष, तेह्रथुमको लालीगुराँसमा एक जना पुरुष, ताप्लेजुङको फुङलिङमा एक जना महिला र एक जना पुरुष, इलामको सन्दकपुरमा २ जना पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७ सय २ पुगेको छ ।

४९ जना डिस्चार्ज

प्रदेश १ बाट बुधबार ४९ जना संक्रमित डिस्चार्ज भएर घर फर्किएका छन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १४ र पूर्वाञ्चल विश्वविद्यालय कोभिड अस्पतालबाट ३५ जना डिस्चार्ज भएका हुन् ।

डिस्चार्ज भएकामा ३९ जना पुरुष र १० जना महिला छन् । डिस्चार्ज भएकाहरु झापा, मोरङ, सुनसरी र इलामका हुन् ।

बुधबार ४९ जना डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ५ सय २७ पुगेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?