Comments Add Comment

चिनियाँ मिडियाको टिप्पणी : भारतको प्रतिवाद गर्ने पहिलो मुलुक नेपाल

२५ असार, काठमाडौं । भारतीय मिडियाले नेपाल र चीनको सम्बन्धलाई लिएर नानाथरी चर्चा गरिरहेका बेला चिनियाँ मिडियाले पनि भारतको विरोध गर्ने सिलसिलामा नेपालको समेत चर्चा गर्न थालेका छन् ।

चीनका अरु मिडियाको तुलनामा ग्लोबल टाइम्सले अलि बढी आक्रमकता देखाउने गरेको छ ।

सो पत्रिकामा छापिएका सामग्रीहरुको अनुदित सारसंग्रह हामीले यहाँ प्रस्तुत गरेका छौं, जसबाट भारत र नेपालको सम्बन्धलाई हेर्ने चिनियाँ मिडियाको दृष्टि थाहा पाउन सजिलो हुनेछ–

उग्रराष्ट्रवादले बिग्रिँदैछ छिमेकीसँगको सम्बन्ध

भारतीय प्रधानमन्त्री मोदी सत्तामा छिमेकी मुलुकलाई प्राथमिकतामा राख्ने नीतिका साथमा आएका थिए । तर, मुलुकमा अत्यधिक मात्रामा बढेको दक्षिणध्रुबी राष्ट्रवादी सोचको कारण अहिले मोदीको छिमेकीसँग राम्रो सम्बन्ध कायम राख्ने प्रयास ध्वस्त भएको छ । भारतमा दक्षिणध्रुबी राष्ट्रवादीहरुले कारण भारतले आफ्नो आन्तरिक संकटको दोष छिमेकी मुलुकलाई लगाइरहेका छन् ।

यस किसिमको सोचबाट प्रभावित भएर ‘ब्ल्याकमेल’को सामना गर्ने चीन एकमात्र उदाहरण होइन । नेपालले पनि गत मे महिनामा भारतले लिपुलेकमा उद्घाटन गरेको नयाँ सडकको विरोध गरेको छ । नेपालले त्यसलाई आफ्नो भूमि भएको बताउँदै आएको छ । तर, भारतले भने यसलाई बेवास्ता गर्दै आएको छ ।

अहिले नेपालमा भारतविरोधी भावना बढेको छ । भारतले कहिल्यै पनि नेपाललाई सडक निर्माण गर्ने बेलामा सोधेन बरु उल्टै यसमा आपत्ति जनाए नेपाल सरकारलाई त्यसको पाठ सिकाउने नीति लियो ।

सन् २०१५ मा नेपाललाई भारतको अनुकूल हुने गरी आफ्नो संविधान परिवर्तन गर्नुपर्ने दबाव भारतले दिएको थियो । तर, नेपालले भारतको उक्त दबाब अस्वीकार गर्‍यो । जसको कारण भारतले गरेको नाकाबन्दीको कारण नेपालमा आर्थिक र मानवीय संकट देखिएको थियो ।

सन् २०१५ मा बंगलादेशसँग जमिनको सीमा सम्झौता गरेपछि मोदी प्रसन्न थिए । तर, त्यति नै बेला मोदीमाथि आन्तरिकरुपमा नै भारतीय तेल बिक्रीको आलोचना भयो । त्यसयता दुई मुलुकको सम्बन्ध राम्रो रहन सकेको छैन

मोदीको ‘छिमेकी पहिलो’ कि जबरजस्ती कूटनीति ?

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा ‘सबैभन्दा पहिला छिमेकी’ भन्ने नाराका साथ आएका थिए । यो नाराको मर्म आफ्ना छिमेकीसँगको सम्बन्धमा सुधार गर्दै जाने भन्ने नै थियो । मोदी सत्तामा आएसँगै भारतसँग उसका छिमेकी मुलुकहरुको कश्मीरलगायतका विवादको पनि समाधान हुने अपेक्षा थियो ।

मोदीले आफ्नो शपथ ग्रहणमा पनि छिमेकी मुलुकका नेताहरुलाई बोलाएर आफूले छिमेकीसँगको सम्बन्धमा सुधार चाहेको सन्देश दिएका थिए । साथै उनले आफ्ना छिमेकी मुलुकहरुको भ्रमण गर्दै उनले आफूलाई स्वयं क्षेत्रीय सञ्जालको अधिवक्ता रहेको देखाउने प्रयास गरे, भारतले आफूलाई यो क्षेत्रको शान्ति र विकास चाहने मुलुकको रुपमा व्याख्या गर्दै आएको छ । यद्यपि उसको बाटो भने अर्कै दिशतर्फ बढिरहेको छ ।

विशेषज्ञहरुका अनुसार भारतले आफ्नो ‘जबस्जस्तीको कूटनीति’को माध्यमबाट आफ्नो सबैभन्दा पहिला छिमेकी भन्ने नारा कसरी सफल बनाउन सक्छ ? भन्ने आशंका व्यक्त गर्दै आएका छन् । भारतीय जनता पार्टी र उसका अन्य सहयोगी गठबन्धनले अहिले अखण्ड भारतको नारा अन्तर्गत ग्रेटर इन्डियाको अवधारणा पूरा गर्ने काम सुरु गरेका छन् ।

जसको पहिलो शिकार पाकिस्तान बन्यो । पाकिस्तानलाई सधैं आतंकवादको बिल्ला भिराउँदै आएको छ । गत वर्ष भारतले आफ्नो संविधानको धारा ३७० खारेज गर्दै संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले गरेको मुद्दाको समाधानको पनि उल्लंघन गरेको थियो ।

भारतको अर्को शिकार नेपाल र बंगलादेश बन्न पुगे । प्रतिवाद गर्ने लाइनमा उभिएको पहिलो मुलुक नेपाल हो । यी दुई मुलुकको सम्बन्ध सन् २०१५ देखि बिग्रिन सुरु भएको थियो । जतिबेला भारतले नेपालमा आउने आवश्यक सामग्री रोक्न नाकाबन्दी गरेको थियो । त्यतिबेला नेपाल तेलको अभावको कारण संकटमा पर्‍यो । भूकम्पपछि आवश्यक राहतका सामग्रीको आपूर्तिमा पनि भारतले सीमा क्षेत्रमा रोक लगाएको थियो । नेपालमा भारतविरुद्ध आन्दोलन पनि भएको थियो । तर, भारत रोकिएन र आफ्नो नाकाबन्दी जारी नै राख्यो ।

नेपालले त्यसको बदलामा आफ्नो सुरक्षा बल सीमामा पठाउने र नयाँ नक्सा संसदबाट परित गर्‍यो । यो असामान्य कदम थियो । लामो समयदेखि भारत नेपालसँगको निकै नजिकको सम्बन्ध रहेको मान्दै आएको थियो । अहिले भने भारतको नेपालसँगको सम्बन्ध इतिहासकै सबैभन्दा कमजोर अवस्थामा आइपुगेको छ ।

बंगलादेश भारतसँ सम्बन्ध बिग्रिएको अर्को मुलुक हो । बंगलादेशसँग फरक्का ब्यारेज निर्माणको विषयलाई लिएर दुई मुलुकको बीचमा विवाद उत्पन्न भएको हो । अहिले यो विवाद पनि बढ्दो क्रममा देखिएको छ । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले भारतले ल्याएको नयाँ नागरिकता कानुन र नागरिक दर्ताको विषयमा गत जनवरीमा भारतको आलोचना गर्दै अभिव्यक्ति दिएकी थिइन् । अहिले भुटानले पनि अहिले समस्यामा देखिएको छ । भारतको सबैभन्दा विश्वसनीय मुलुकको रुपमा रहेको भुटानले पनि अहिले भारतको केही क्षेत्रको पानी आपूर्तिमा रोक लगाएको छ ।

श्रीलंका लामो समयदेखि भारतको प्रभुत्व जमाउने व्यवहारको सामना गरिरहेको छ । भारतले खुल्लारुपमा टामिल टाइगर्सको समर्थन गर्दै आएको छ । जसले श्रीलंकाको समस्या बढाएको छ । अहिले पनि श्रीलंका भारतीय हस्तक्षेपको मूल्य चुकाइरहेको छ । यस्तोमा भारतीय हस्तक्षेपबाट केही सुरक्षित रहँदै आएको थियो । तर, अहिले पश्चिमा मुलुकले यसअघिको जस्तै सहयोग गर्ने आशामा भारतले चीनमाथिको प्रहार पनि शुरु गरेको छ । तर, वास्तविकता भने निकै फरक छ । अहिले भारत र पश्चिमा मुलुकमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितहरु बढ्दो क्रममा छन् । यो महामारीको कारण समस्यामा परेको अर्थतन्त्रलाई पनि चीनको साथ आवश्यक हुन्छ । साथै भारत चीनको विकासबाट सबैभन्दा धेरै लाभान्वित भएको मुलुक हो । यस्तोमा भारतको लागि चीनविरुद्धको कदम आगामी दिनमा टाउको दुखाइको विषय बन्न सक्छ ।

स्रोत– ग्लोबल्स टाइम्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment