Comments Add Comment

कर्णालीमा ११ जना कोरोना संक्रमित थपिए, ३० जना डिस्चार्ज

२५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड-१९) का ११ जना संक्रमित थपिएका छन् ।

सर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र रुकुम पश्चिमको चौरजहारीको प्रयोगशालामा भएको परीक्षणबाट बिहीबार थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये पाँचजना सुर्खेतका, चारजना रुकुम पश्चिमका र एक/एकजना जाजरकोट र दैलेखका रहेका छन् ।

कर्णााली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडानम्बर ३, ७ र १२ का एक महिलासहित पाँचजना रहेका छन् ।

यस्तै, रुकुम पश्चिमको चौरजहारी नगरपालिका-५  का एकजना र वडानम्बर ९ का तीनजना पुरुष रहेका छन् भने  दैलेखको दुल्लु नगरपालिका-५ की एक महिला र जाजरकोट भेरी नगरपालिका-६ का एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १५६१ पुगेको छ ।

साथै, कर्णालीमा पछिल्लो २४ घण्टामा विभिन्न आइसोलेसनबाट ३० जना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या १३२१ रहेको छ । २३४ जना आइसोलेसनमा रहेका छन् भने ६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment