Comments Add Comment

मोहना अन्सारीको टिप्पणीप्रति मानवअधिकार आयोगकै आपत्ति

२५ असार,काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले आफ्नै सदस्य मोहना अन्सारीले केही दिनअघि दिएको अभिव्यक्तिप्रति खेद प्रकट गर्दै भ्रम सिर्जना हुने गरी नबोल्न सचेत गराएको छ । अन्सारीले गत असार २३ गते सामाजिक सञ्जाल ट्विटरमा समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारबाही गरिएकोमा खेद प्रकट गर्दै आपत्ति जनाएकी थिइन् ।

आयोगका अध्यक्ष अनुपराज शर्माले बिहीबार विज्ञप्ति जारी गरी अन्सारीले सामाजिक सञ्जालमा व्यक्त गरेका कुराप्रति आयोगको ध्यानाकर्षण भएको जनाएका छन् । संविधान, कानुन र दलको विधानले दिएको अधिकार प्रयोग गरी सरिता गिरीमाथि गर्न लागेको कारबाहीलाई ‘खेदजनक’ तथा ‘कथित् छानबिन प्रतिवेदन’ भनेकोप्रति आयोगले खेद प्रकट गरेको हो ।

यो पनि पढ्नुहोस सरिता गिरीमाथिको कारवाही फिर्ता हुनुपर्छः मोहना अन्सारी

विज्ञप्तिमा भनिएको छ–दलको अधिकारलाई निस्तेज पार्नेगरी सामाजिक सञ्जालमा व्यक्त गर्नुभएको भनाइलाई आयोगले अस्वीकार गर्दछ । यस आयोगबाट यही असार १५ मा सदस्यहरूलाई भ्रम सिर्जना हुनेगरी नबोल्न सचेत गराइएको हो । तथापि यस किसिमको भनाइ ट्विटरमा आउनु खेद्जनक छ । तसर्थ यसमा कोही पनि भ्रममा नपर्न जानकारी गराइन्छ ।

अन्सारीलाई आयोगले डेढ वर्षअघि नै प्रवक्ताबाट हटाए पनि उनले आफूलाई प्रवक्ताका रुपमा प्रस्तुत गर्ने र आयोगको आधिकारिक धारणा विपरीत राजनीतिक वक्तव्य दिने गरेको आरोप समेत उनलाई लगाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment