Comments Add Comment

परिषद्मा आवद्ध नभएका स्वास्थ्यकर्मीलाई प्रयोगशालामा परिचालन नगराऊ : मेलान

२५ असार, काठमाडौं । नेपाल स्वास्थ्य व्यवसाय परिषद्मा आवद्ध नभएका स्वास्थ्यकर्मीहरुलाई कोरोना भाइरस (कोभिड १९) को परीक्षणमा खटाइएकोप्रति मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

परिषद्मा दर्ता नभएका स्वास्थ्यकर्मीहरुलाई विभिन्न सरकारी, गैर सरकारी तथा निजी प्रयोगशालाहरुमा काममा लगाइएको पाइएको भन्दै मेलानले आवश्यक छानविन गरी कारबाही गर्न माग समेत गरेको छ ।

कोरोना भाइरस परीक्षणको रिपोर्टको गुणस्तरीयतामाथि प्रश्न उठिरहेका बेला प्रचलित ऐन कानुन विपरीत कोभिड–१९ परीक्षण गर्ने प्रयोगशालामा काममा लगाउनु उपयुक्त नहुने भन्दै मेलानले परिषद्का रजिष्ट्रार पुष्प खनाललाई भेटेर ध्यानाकर्षण गराएको हो ।

स्वास्थ्य प्रयोगशाला सेवाको गुणस्तर सुधारका लागि लाइसेन्स लिन परीक्षा  प्रणाली लागू गर्न, शैक्षिक संस्थाहरुको पारदर्शी अनुगमन र मापदण्ड नपुगेका संस्थाहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउन, विद्यमान परिषद् ऐन संशोधन गर्न लगायतका विषयमा परिषद्को ध्यानाकर्षण गराइएको मेलानका केन्द्रीय अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए ।

परिषद्का रजिष्ट्रार खनालले मेलानद्वारा उठाइएका मुद्धाहरुको यथाशिघ्र सम्बोधन गर्ने र आगामी दिनहरुमा प्रयोगशालासँग सम्बन्धित विषयबस्तुहरुमा सहकार्य गर्दै अघि बढ्ने प्रतिवद्धता जनाएको मेलानका केन्द्रीय महासचिव रेशम अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment