Comments Add Comment

उदयको प्रश्न–‘सरकारलाई फिल्मीकर्मीको दबाब नपुगेको हो ?’

कोरोना संक्रमणको कारण देखाउँदै सरकारले चैत्रको ११ गतेदेखि देशभर गरेको लकडाउन अब लुजडाउनमा परिणत भइसकेको छ । आजदेखि छोटो दुरीका सवारी साधन पनि चल्न सुरु भएका छन् । तर चलचित्र हलहरू कहिलेदेखि खुल्छन् र कहिलेबाट चलचित्रको निर्माणको काम सुरु हुन्छ पक्का छैन ।

सम्पूर्ण गतिविधि सुरु हुँदा सरकारले हल खोल्ने र चलचित्र छायाङ्कन गर्ने कुनै निर्देशिका तयार गरेको छैन । यसैले, चलचित्रकर्मीले अरू कुनै ठाउँमा भिडभाड गर्दा कोरोना नसर्ने र हलमा दर्शक आउँदा मात्र सर्ने हो भनेर प्रश्न गर्न थालेका छन् ।

चलचित्र संघका निवर्तमान अध्यक्ष प्रदीपकुमार उदय लेख्छन्–‘व्यवसायीहरूको दबाबले पसल खुले, दबाबकै कारण बैङ्क र यातायात खुले । नेपालको सरकार दबाबले मात्र काम गर्छ । बजारमा हुलका हुल मानिसहरूको गतिविधिले कोरोना नसर्ने, कार्यालयहरूको भिडले कोरोना नसर्ने तर चलचित्र भवनमा चलचित्र हेर्न जाँदा मात्र कोरोना सर्ने हो कि ?’

उनले हलमा ५० प्रतिशत मात्र दर्शक राखेर चलचित्र रिलिज गर्न सकिने पनि बताएका छ । उनले कोरोनाबाट अतिप्रभावित क्षेत्रहरूमा चलचित्र क्षेत्र परे पनि सरकारले यसलाई महत्व नदिएको दोहोर्‍याएका छन् ।

उनले यो समयमा सबै एकताबद्ध भएर सरकारलाई दबाब दिनुपर्ने ठाउँमा चलचित्रकर्मीहरू नै अनावश्यक विवादमा अल्झिएको भन्दै गुनासो गरेका छन् । उनले चलचित्र क्षेत्रको भविष्य के हो भनेर गम्भीर हुन चलचित्रकर्मीलाई आग्रह पनि गरेका छन् ।

उदयले प्रश्न गरेका छन्–‘एकपट सोचौं यही क्षेत्रमा अगाडि बढ्ने हो कि पलायन हुने हो ? कि हामीले दबाबको वातावरण नबनाएर सरकारले नसुनेको हो ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment