+
+
Shares

घरभाडा र बैंक ब्याज मिनाहाको माग गर्दै व्यवसायी आन्दोलनमा

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २६ गते १२:२८

२६ असार, काठमाडौं । न्युरोड लगायतका क्षेत्रमा साना व्यवसायी आन्दोलनमा उत्रिएका छन् । उनीहरुले विभिन्न नारा लेखिएको ब्यानरसहित न्युरोडमा जम्मा भएर वर्षा कै बीचमा पनि प्रदर्शन गरेका हुन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघले लकडाउन अवधिको बैंक ब्याज र घरभाडा मिनाहाको माग गर्दै आन्दोलन सुरु गरेको हो । महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर आन्दोलनको घोषणा गरेको थियो ।

कोरोना भाइरसका कारण यतिबेला समग्र उद्योगी-व्यवसायीहरु निकै कठिन अवस्थाको साना गरिरहँदा पनि सरकारले बेवास्ता गरेको भन्दै व्यवसायी आन्दोलित भएका हुन् ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालका अनुसार समस्याहरुबारे जानकारी गराउँदा गराउँदै पनि राज्यले बैंकको ब्याजदर, किस्ता तिर्ने भाका तथा घरभाडाका विषयमा उचित निर्णय नलिएकाले आन्दोलन थालिएको हो ।

व्यवसायीले लकडाउन अवधिभरको ब्याज मिनाहा गर्न माग राखेका छन् । ऋणको किस्ता तथा ब्याज भुक्तानीको भाका एक वर्षपछि सार्नु पर्ने, कर्जाको ब्याजदर ८ प्रतिशतमा झार्नुपर्ने तथा लकडाउन अवधिभरको भरघाडा मिनाहा गर्नुपर्ने बताएका छन् ।

तस्वीरहरु : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?