
२६ असार, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ३ दिन र ७ दिन कैद सजाय फैसला भइ फरार रहेका दुई अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंकी सुनिता चित्रकार र मनोजलालसिंह सुवाल छन् ।
गत वर्ष माघ र फागुनमा उच्च अदालत, पाटनले गरेको फैसला कार्यान्वयनका लागि ब्युरोले उनीहरुलाई स्वयम्भु र रविभवनमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
ब्युरोका एसपी बेलबहादुर पाण्डेका अनुसार चित्रकारलाई ३ दिन कैद र ६ लाख ५० हजार रुपैयाँ जरिवाना फैसला भएको छ भने सुवाललाई ७ दिन कैद र १० लाख रुपैयाँ जरिवाना सजाय फैसला भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4