+
+
Shares

कतारबाट फर्किएका केहीमा कोरोनाको शंका, सबै यात्रुलाई खरिपाटी क्वारेन्टिनमा राखियो

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २७ गते ८:५७
फाइल तस्वीर

२७ असार, काठमाडौं । शुक्रबार कतारबाट फर्किएका केही व्यक्तिलाई कोरोना संक्रमणको शंका लागेपछि एक बालिका र छ महिलासहित १४९ जनालाई होल्डिङ सेन्टरमा नलगी सीधै भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित क्वारेन्टिनमा लगेर राखिएको छ ।

नेपाल एयरलान्सबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकामध्ये केहीलाई कोरोना संक्रमणको आशंका भएपछि विमानस्थलबाट नौवटा गाडीमा राखेर खरिपाटीस्थित क्वारेन्टिमा लगिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

एउटै विमानमा आएका केहीलाई कोरोनाको आशंका भएपछि सबै यात्रुलाई नियमानुसार होल्डिङ सेन्टरमा लगेपछि त्यहाँको प्रक्रिया पूरा गरी सम्बन्धित जिल्लामा पठाउने गरिए पनि उनीहरुलाई भने सीधै क्वारेन्टिन लगिएको हो ।

क्वारेन्टिनमा लगेर पीसीआर परीक्षणको तयारी गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?