Comments Add Comment

माइक्रोसफ्टको नयाँ फिचर, एकसाथ १ हजार जनाले भिडियो कल गर्न सक्ने

कोरोना महामारीको लकडाउनसँगै विश्वमा अहिले भिडियो कलिङ एप तथा प्लाटफर्महरुको लोकप्रियता र माग ह्वात्तै बढिरहेको छ ।

भिडियो कलिङ एप जूमले ऐतिहासिक लोकप्रियता हासिल गरिरहेको बेला गुगल तथा माइक्रोसफ्टले उसलाई टक्कर दिने कोसिस गरिरहेका छन् ।

माइक्रोसफ्टले आफ्नो भिडियो कन्फ्रेन्सिङ सफ्टवेयर माइक्रोसफ्ट टिम्समा केही नयाँ फिचर थप गरेको छ । उक्त नयाँ फिचरसँगै अब माइक्रोसफ्ट टिम्समा एकसाथ १ हजार जना मानिस भिडियो कन्फ्रेन्सिङमा जोडिन सक्नेछन् ।

माइक्रोसफ्ट टिम्सका नयाँ फिचरहरु यस्ता छन्ः

Together Mode – धेरै जनासँग ग्रुप भिडियो कलिङ गरिरहेको बेला यस फिचरबाट प्रयोगकर्ताले कुन चाहीँ व्यक्ति बोलिरहेको छ भन्ने थाहा पाउन सक्दछ । बोलिरहेको व्यक्तिलाई स्क्रिनमा देखेसँगै उसका विचार सुन्ने र प्रभावकारी रुपमा सञ्चार गर्न सहज हुनेछ ।

Video Filters – यो इन्स्टाग्राम तथा स्नापच्याटमा रहेको फिल्टर्स जस्तै हो । भिडियो कल सुरु गर्नुअघि प्रयोगकर्ताले आफुलाई मनपर्ने फिल्टर छान्न सक्नेछन् जसले प्रयोगकर्ताको स्क्रिनको लाइटिङ लेभल तथा लुक्स समेत आकर्षक बन्दछ ।

Live Reactions – यो फिचर भिडियो कलिङका क्रममा प्राप्त हुने इमोजी हो । इमोजीहरु मार्फत अब प्रयोगकर्ताले भिडियो कलिङका क्रममा आफ्ना भावना प्रकट गर्न सक्नेछन् ।

Chat Bubbles – यो फेसबुक मेसेन्जरमा रहेको जस्ते फिचर हो । यो फिचर आएसँगै अब भिडियो कलिङका क्रममा कुने नयाँ मेसेज आएमा उक्त मेसेज हेर्नका लागि च्याट स्क्रिनमा फिर्ता जाने आवश्यकता पर्नेछैन ।

यसका अतिरिक्त माइक्रोसफ्ट टिम्समा थप भएको सबैभन्दा महत्वपूर्ण फिचर भनेको एकसाथ १ हजार जनाले भिडियो कल गर्न सक्नु हो । यतिमात्र होइन यदि ठूलो स्तरमा भिडियो कन्फ्रेन्सिङ गर्नु छ भने View Only फिचरका माध्यमबाट एकसाथ २० हजार मानिसलाई जोड्न सकिन्छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment