+
+
Shares

ऐश्वर्या, जया र आराध्या क्वारेन्टाइनमा

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २८ गते १३:५५

नायक अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनलाई कोरोना संक्रमण पुष्टी भएपछि उनीहरुको निवास ‘जलसा’लाई सिल गरिएको छ ।

अमिताभ र अभिषेकले शनिबार आफूहरुलाई कोरोना संक्रमण पुष्टी भएको बताएका थिए । अहिले उनीहरुको मुम्बइको नानावती अस्पतालमा उपचार भैरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

अभिषेक र अमिताभमा कोरोना पोजिटिभ देखिएपनि नायिका ऐश्वर्या राय, कलाकार जया बच्चन र अभिषेककी छोरी आराध्याको रिपोर्ट भने नेगिटिभ आएको छ । तर, पनि उनीहरु १४ दिन होम क्वारेन्टाइनमा नै रहनेछन् ।

उनीहरु क्वारेन्टाइनमा बसेपछि फेरि कोरोना परिक्षण गरिने मुम्बइकी मेयर किशोरी पेडणेकरले भारतीय मिडियालाई बताएकी छिन् ।

उनीहरुको तीन वटै वंगलामा स्यानिटाइज गरिएको छ । डाक्टरका अनुसार, अमिताभको स्वास्थ्य अवस्था पहिलेको भन्दा राम्रो छ र उनको सुरुवाती चरणको रिपोर्ट सुखद छ । सन् १९४२ अक्टुबर ११ मा जन्मिएका नायक अमिताभ बच्चनको मृगौला, कलेजोमा समस्या छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?