Comments Add Comment

पहिलो चरणमा मलेसियाबाट ३३२२ जना नेपालीको उद्धार

२८ असार, काठमाडौं । पहिलो चरणमा मलेसियाबाट ३३२२ जना नेपालीको उद्धार गरिएको छ ।

कोरोना भाइरस (कोभिड-१९)का कारण विदेशमा अलपत्र परेका नेपालीहरुलाई घर फर्काउन सञ्चालन गरिएको पहिलो चरणका उडानमार्फत उनीहरुको उद्धार गरिएको हो ।

नेपाल एयरलाईन्स, हिमालय एयरलाईन्स र मालिन्दो एयरबाट समेत गरी २१ वटा उडानमार्फत ३३२२ जना नागरिकहरु नेपाल फर्किएका हुन् । पहिलो उडान १८ जुन २०२० मा भएको थियो ।

यो अवधिमा मलेसिया बाहेक इण्डोनेसियाबाट २० जना, फिलिपिन्सबाट १०९ जना तथा हङकङ, भियतनाम, सिंगापुर, ताइवान र स्पेनमा रहेका नेपालीहरु समेत नेपाल फर्किएको क्वालालाम्पुरस्थित नेपाली दूतावासको कार्यालयले जनाएको छ ।

फिलिपिन्समा अलपत्र परेका १०८ जना नेपाली नागरिकहरुसहित हिमालय एयरलाइन्स १२ जुलाईमा नेपाल फर्किएको थियो ।

क्वालालम्पूरबाट भएका उडानहरुबाट मलेसियाको विभिन्न जेल/डिटेन्सन केन्द्रहरुमा रहेका ६९ जना नेपाली नागरिकहरु समेत नेपाल फर्कीएका हुन् । यसैगरी यी उडानहरुबाट ३९ वटा शवहरु समेत नेपाल ल्याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment