Comments Add Comment

भालुको पित्तसहित दुईजना पक्राउ

२८ असार, काठमाडौं । काठमाडौंको चन्द्रगिरि नगरपालिका–८ कल्याणपुरस्थित साउनेपानीबाट भालुको पित्तसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको कैलाश गाउँपालिका–१ बरभञ्याङका २७ वर्षीय हरिबहादुर मोक्तान र सोही गाउँपालिका वडा नम्बर २ डाँडाखर्क बस्ने २७ वर्षीय रामबहादुर लामा रहेका छन् ।

संरक्षित वन्य जन्तु भालुको पित्तको अवैध रुपमा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा अपराध महाशाखाको टोलीले भालुको पित्त जस्तो देखिने ३५ ग्राम तौलको वस्तुसहित उनीहरुलाई आइतबार नियन्त्रणमा लिएको हो ।

करिब २० लाख मूल्यमा बिक्री गर्ने योजनाका साथ साथमा लिएर हिंँडिरहेको अवस्थामा उक्तवस्तु बरामद भएको र उनीहरुलाई राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार आवश्याक अनुसन्धानको लागि जिल्ला वन कार्यालय हात्तीसार पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment