Comments Add Comment

एन्फालाई सर्वोच्चको कारण देखाउ आदेश

२८ असार, काठमाडौं । सर्वोच्च अदालतले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई अवहेलना सम्बन्धी मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।

अधिवक्ता सुजित केसीले दायर गरेको उक्त मुद्दामा आइतबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आदेश जारी हुनु नपर्ने आधार र कारणको लिखित जवाफ १५ दिनभित्र पेस गर्न भनेको हो ।

अधिवक्ता सुजित केसीले एन्फासहित अध्यक्ष कर्मा छिरिङ शेर्पा र प्रवक्ता किरण राईलाई विपक्षी बनाउँदै गत सोमबार सर्वोच्चमा अवहेलना मुद्दा दर्ता गरेका थिए ।

रौतहटमा समुदायिक वनको जग्गा अवैधानिक रुपमा प्रयोग गरी महिला फुटबल एकेडेमी निर्माणको काम अगाडि बढाएको विषयमा सर्वोच्चमा अधिवक्ता  केसीले नै  रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाई गर्दै सर्वोच्चले उक्त एकेडेमी निर्माणको काम अघि नबढाउन २०७६ माघ २२ गते अन्तरिम आदेश दिएको थियो । तर अन्तरिम  आदेशको उलंघन गर्दै एन्फाले माघ २६ गते निर्माण कार्य अघि बढाउने निर्णय गरेपछि केसीले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

सर्वोच्चको अन्तरिक आदेश विपरीत एन्फाले निर्माण सम्पन्नको प्रमाणपत्र स्वीकृत गर्ने, घेरबारका लागि ३९ लाख ५७ हजार ११७ रुपैयाँ र गार्ड हाउस निर्माणका लागि ४५ लाख ९७ हजार ७०१ रुपैयाँमा फ्लोरिसिङको काम पनि टेक प्रालिलाई नै ठेक्का दिने अर्को निर्णय गरेको थियो ।

त्यसैगरी एन्फा बैठकले उक्त एकेडेमीमा ५७ लाख ८६ हजार ८०३ रुपैयाँ लागतमा फर्निसिङका लागि भनी नयाँ टेन्डर आह्वान गर्ने निर्णयसमेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment