Comments Add Comment

साझा पार्टीबाट अलग भए सूर्यराज र मुमाराम

२८ असार, काठमाडौं । डा. सूर्यराज आचार्य र मुमाराम खनाल साझा पार्टीबाट अलग भएका छन् । पार्टी निर्माण प्रक्रियाबारे सहमति जुट्न नसकेपछि प्रवक्ता डा. आचार्य र केन्द्रीय सदस्य खनाल पार्टी संगठनबाट विदा भएका हुन् ।

साझा पार्टीको आइतबार बसेको केन्द्रीय समिति बैठकले पार्टीका सबै जिम्मेवारी त्याग गर्ने डा. डा. सूर्यराज आचार्यको प्रस्ताव  र मुमाराम खनालले केन्द्रीय सदस्यबाट दिएको राजीनामा पनि स्वीकृत गरेको छ । साथै अहिलेसम्म गरेको योगदानका लागि धन्यवाद दिएको छ ।

स्रोतका अनुसार लुम्बिनी भेलामा फरक मत राखेका खनाल र आचार्यले पार्टीको संरचना भत्काएर संयोजक मात्र राख्ने प्रस्ताव गरेका थिए ।

तर पार्टी नेतृत्वले अहिलेको संरचना कायम राख्दै एकता गर्दै जाने पक्षमा उभिएपछि र शनिबार बसेको सचिवालय तथा आइतबार बसेको केन्द्रीय समितिको बैठकमा अनुपस्थित थिए ।

‘पार्टी कसरी बनाउने भन्नेमा नै हाम्रो फरक मत रह्यो’ साझाका एक नेताले अनलाइनखबरसँग भने, ‘उहाँहरुले पार्टीको संरचना भत्काएर संयोजक मात्र राखौं भन्नुभयो । अर्को प्रस्ताव एकीकरण, ध्रुवीकरण र पार्टी निर्माण भनेर जानुपर्छ भन्ने आयो । र पार्टीको सचिवालय र केन्द्रीय कमिटीले एकीकरण, ध्रुवीकरण र पार्टी निर्माण भनेर जानुपर्छ भनेर निर्णय गरेको छ ।र, उहाँहरूलार्इ धन्यवाद दिने निर्णय पनि गरेका भएको छ ।

यद्यपि दुबैले पार्टीको संरचनाबाट बहिर बसेपनि बैकल्पिक राजनीतिको मिसनभन्दा बाहिर नहुने बताएको साझा पार्टीका एक नेताले बताए । ‘उहाँहरुले पार्टीको संरचनाबाट बहिर बसे पनि बैकल्पिक राजनीतिको मिसनभन्दा बाहिर हुन्नौं भन्नु भएको छ’ साझा पार्टीका एक नेताले बताए ।

यो पनि पढ्नुहोस साझा र विवेकशीलबीच फेरि एकता प्रयास

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment