+
+
Shares

पुरानो मेडिकल कलेजले भन्यो : अवैध मिर्गौला प्रत्यारोपणको छानबिनमा सघाउँछौं

अनलाइनखबर अनलाइनखबर
२०७७ असार २८ गते १९:५१

२८ असार, चितवन । चितवनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरले अवैध मृगौला प्रत्यारोपणको घटनामा कलेज दोषी नरहेको दावी गरेको छ ।

कलेजले घटनाको छानबिनमा सघाउने प्रतिवद्धता पनि जनाएको छ । कलेजका अतिरिक्त निर्देशक डा. मनोहर प्रधानले आइतबार विज्ञप्ति जारी गरी घटनाको सत्यतथ्य बाहिर ल्याउन अनुरोध गरेका छन् ।

कलेजले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘नितान्त मिर्गौला पीडित बिरामीको जीवन रक्षाका लागि कुनै पनि लाभहानीलाई नहेरी स्थानीय सरकार तथा जिल्ला प्रशासन कार्यालयले तयार गरी प्रमाणित तथा प्रमाणीकरण गरेका कागजपत्रका आधार र विश्वास एवम् प्रत्यारोपण स्वीकृति समितिको सिफारिस बमोजिम कलेजले प्रत्यारोपणको कार्य गर्दै आएको छ ।’

विज्ञप्तिमा अवैधानिक र गैरकानुनी काम वा कलेजको निहित स्वार्थका लागि कुनै पनि गतिविधि नभएको दावी गरिएको छ ।

मानव अंग प्रत्यारोपण जस्तो पवित्र काममा सेवा प्रदान गर्ने, जीवन बचाउने स्वास्थ्य संस्था र विषेशज्ञ चिकित्सकलाई स्वतन्त्रतापूर्वक र झन्झटरहित ढंगले काम गर्ने गराउने वातावरण तयार गर्न र विद्यमान कानुनी जटिलता फुकाएर मात्रै प्रत्यारोपणको दर बढाउन सकिने कलेजले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

२०६९ सालमा मिर्गौला प्रत्यारोपणको स्वीकृति पाएको कलेजले २०७२ वैशाख ११ र १२ गते दुई जना र २०७६ जेठ २७ गते र माघ ६ गते दुई जना गरी चार जनाको प्रत्यारोपण गरेको छ ।

२०७६ जेठ २७ गते भएको तेस्रो प्रत्यारोपणका क्रममा नक्कली मामा भाञ्जा बनाई आर्थिक लेनदेन गरी प्रत्यारोपण गराएको भन्दै कलेजको ‘प्रत्यारोपण स्वीकृति समिति’ चार सदस्यसहित १२ जना व्यक्तिलाई मानव बेचविखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरका चिकित्सक डा. राकेशकुमार बर्माले भिजिटिङ डाक्टरका रुपमा पुरानो मेडिकल कलेजमा प्रत्यारोपण गराउँदै आएका थिए । पक्राउ पर्नेमा प्रहरीदेखि वडाध्यक्ष र जिल्ला प्रशासन कार्यालयका कर्मचारीसमेत छन् । पक्राउ परेका व्यक्तिलाई अदालतबाट पाँच दिनेको म्याद थप गरि अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?