Comments Add Comment

सरकारले भन्यो : भारतीय न्यूज च्यानलमाथिको प्रतिबन्ध कायमै राख्नू

२८ असार, काठमाडौं । सरकारले भारतीय न्यूज च्यानलहरुमाथि लगाएको बन्देज कायमै राख्न विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरुलाई आग्रह गरेको छ ।

नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीबारे भ्रमक र आपत्तिजनक समाचार प्रसारण गरेपछि एमएसओहरुले २५असारमा केही भारतीय भारतीय न्यूज च्यानलहरुको नेपालमा प्रशारण रोकेका थिए । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री डा. युवराज खतिवडाले यो प्रतिबन्ध तत्काल नहटाउन आग्रह गरेका हुन् ।

राष्ट्रिय एकताका साथ नेपालले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा अनुमोदन गरेपछि भारतीय न्यूज च्यानलहरु दुरासायपूर्ण रुपले प्रस्तुत भएको उनले बताए । त्यही कारण सेवा प्रदायकहरुले स्वत:स्फुर्त रुपमा प्रतिबन्ध लगाएको उनले बताए ।

मिडिया सोसाइटीका प्रतिनिधिहरुसँग भएको भेटमा मन्त्री खतिवडाले भने, परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिदासम्म प्रतिवन्ध कायम राख्न म अग्रह गर्दछु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment