+
+

फाट्टफुट्ट गुड्न थाले सार्वजनिक बस

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०७७ असार २९ गते २०:४८

२९ असार, काठमाडौं । काठमाडौं उपत्यकामा फाट्टफुट्ट सार्वजनिक यातायातका साधन गुड्न थालेका छन् ।

सोमबार चक्रपथमा  मयुर र संयुक्त यातायातमा आवद्ध केही बस गुडेका छन् । सञ्चालनमा आएका बसहरुमा सरकारले तोकेको मापदण्डअनुसार बसमा एक पङ्तिको सिटमा एक जना मात्र बसेका छन् भने यात्रुहरुले मास्क लगाएका छन् । सहचालकले यात्रुलाई स्यानिटाइजर पनि दिएका छन् ।

सरकारले शुक्रबारबाट मापदण्ड पालना गरेर छाटो दुरीका सार्वजनिक यातायात तलाउने दिने निर्णय गरेको थियो । त्यसका लागि साविकको भाडादरमा ५० प्रतिशत थपेर लिनसमेत अनुमति दिइएको छ । तर यातायात व्यवासायीहरुले विभिन्न माग अघि सार्दै यातायातका साधन चलाउन मानेका छैनन् ।

हेर्नुहोस् तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?