Comments Add Comment

पाकिस्तानका यात्रुका लागि कोरोना परीक्षण अनिवार्य : कतार एयरवेज

२९ असार, काठमाडौं । कतार एयरवेजले पाकिस्तानबाट आउने यात्रुसँग उडानभन्दा ७३ घण्टा पहिला कोरोना भाइरस परीक्षणमा नेगेटिभ आएको रिपोर्ट पेश गर्नुपर्ने बताएको छ । कतार एयरवेजका प्रवक्ताले सोमबारदेखि यो नियम लागू हुने बताएका छन् ।

कतार एयरवेजले अहिले पाकिस्तानको चार सहरहरु इस्लामावाद, कराँची, लाहोर र पेशावरबाट आफ्नो सेवा दिइरहेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिलेसम्म पाकिस्तानमा अहिलेसम्म दुई लाख ५० हजारभन्दा धेरै कोरोना भाइरसका संक्रमित फेला परेका छन् । साथै कोरोना भाइरसको कारण पाँच हजार २६६ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

यसअघि गत जुन महिनामा दक्षिण कोरिया र हङकङ पुगेका पाकिस्तानबाट आएका यात्रुमा केरोना संक्रमण पाइएपछि इमिरेट्सले पाकिस्तानबाट आउने उडान बन्द गर्ने निर्णय गरेको थियो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment