Comments Add Comment

दोभानमा पहिरो, बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

बुटवल–पाल्पा सडकखण्डमा खसेको पहिरो । तस्वीर : विष्णुप्रसाद पाण्डे

३० असार, बुटवल । पहिरो खसेका कारण सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै खसेको पहिरोले सडक अवरुद्ध भएको हो ।

पहिरोसँगै ठूला–ठूला ढुंगा खसेकाले सोमबार साँझदेखिसवारी साधन आवतजावत पूर्णरुपमा बन्द भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

वर्षा नरोकिएकाले मंगलबार बिहानसम्म पहिरो पन्छाउन नसकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी डिल्लीनारायण पाण्डेले बताए । सडक खुलाउन अझै केही घण्टा लाग्ने उनले बताए ।

सडक अबरुद्ध हुँदा सयौं सवारी साधन बीच बाटोमै रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment