३० असार, काठमाडौं । फरल्याण्ड मेण्डीले स्पानिस क्लब रियलका लागि पहिलो गोल गरेका छन् । स्पानिस ला लिगा अन्तर्गत ग्रानडाविरुद्धको जितमा उनले पहिलो गोल गरेका थिए । उक्त खेलमा रियलले २-१ ले जितेको थियो ।
मेन्डी यस सिजन रियलका लागि गोल गर्ने २१औं खेलाडी समेत बनेका छन् ।
गत समरमा रियलमा अनुबन्धित भएका फ्रान्सेली लेफ्टब्याक मेन्डीले यो सिजन रियलबाट २३ खेल खेल्दै एक गोल गर्न सफल भएका हुन् । दुई सिजनअघि क्लका सर्वाधिक गोलकर्ता क्रिकस्टियानो रोनाल्डो स्पेन छाडेर बार्सिलोना गएपछि रियलमा फरक फरक खेलाडीले गोल गरिरहेका छन् ।
यस सिजन करिम बेन्जामा रियलको मुख्य गोलकर्ताको रुपमा छन् । यस्तै कोरोना महामारीपछि कप्तान सर्गियो रामोसले पनि गोल गर्ने खेलाडीको रुपमा देखिएका छन् ।
रियलले यस सिजन ला लिगा ३३ गोल गर्दा २२ गोल बेहोरेको छ ।
रियलको फुटबलमा इतिहासमा गोल गर्ने मेन्डी ४०८औं खेलाडी हुन् । मेन्डीले रियलका लागि डेब्यु गर्दा नै राम्रो खेलेका थिए । जसले गर्दा उनले मार्सेलोलाई चुनौती दिन सक्ने अनुमान गरिएको थियो ।
रियलका प्रशिक्षक जिनेदिन जिदानले खेलअघि नै आफू मेन्डीबाट आश्चर्यमा नपरहेको बताएका थिए । उनकै आग्रहमा क्लबले मेन्डीलाई ल्याएको बताए ।
‘उनी क्षमतावान र राम्रो खेलाडी हुन् । तपाईँ उसलाई मार्सेलोसँग तुलना गर्नु सक्नुहुन्न किनकि मार्सेलो भनेको मार्सेलो हो मेन्डी भनेको मेन्डी हो,’ जिदानले भने । मेन्डीले रियल मड्रिडको खेलाडीको रुपमा खेलिरहेका छन् ।
मार्सलेको चोटका कारण लियोनका पूर्व डिफेण्डर मेन्डी यस सिजनको अन्त्यसम्म नै टिमसँग रहनेछन् ।
यस सिजन रियलबाट गोल गर्ने खेलाडीहरु
करिम बेन्जामा : १९
सर्गियो रामोस :१०
कासेमिरो : ४
टोनी क्रुस : ४
लुका मोड्रिच : ३
राफेल भरान ३
भिनिसियस जुनियर : ३
गारेथ बेल : २
मार्को एसेन्सिओ : २
लुकास भास्क्वेज : २
लुका जोभिक : २
फेडरिको भाल्भेर्डे : २
रोड्रिगो : २
एडेन हाजार्ड : १
मार्सेलो : १
ड्यानी कार्भाहाल : १
मारियानो डियाज : १
इस्को : १
नाचो फर्नान्डेज : १
हामेस रोड्रिग्वेज : १
फरल्यान्ड मेन्डी : १
प्रतिक्रिया 4