Comments Add Comment

घरभाडा छुट गरिदिन शैक्षिक परामर्श व्यवसायीको माग

३० असार, वीरगञ्ज । वीरगञ्जका शैक्षिक परामर्श व्यवसायीहरुले घरभाडा छुट गरिदिन माग गरेका छन् । उनीहरुले चैतदेखि असारसम्म पूर्ण रुपमा र २०७७ साउनदेखि २०७८ को असारसम्म ५० प्रतिशत भाडा छुट गर्न माग गरेका हुन् ।

शैक्षिक परामर्श व्यवसायीहरुको छाता संस्था स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन)ले विज्ञप्तिमार्फत शैक्षिक परामर्श व्यवसायलाई संकटग्रस्त क्षेत्र घोषणा गरी सक्दो राहत उपलब्ध गराउन सरकारसँग अनुरोध पनि गरेको छ ।

संघका अध्यक्ष युवराज कटवालद्वारा जारी विज्ञप्तिमा शैक्षिक परामर्श व्यवसाय संकटमा पर्दा अन्य क्षेत्रमा समेत नकारात्मक प्रभाव परेको उल्लेख छ । ‘दूरगामी प्रभावबाट सबैलाई जोगाउन घरभाडामा छुट दिई व्यवसाय जोगाउनु नै आहिलेको आवश्यकता तथा उत्तम विकल्प हो । तसर्थ घर भाडा छुटका लागि घरधनीहरु समक्ष अनुरोध गर्दछ,’ विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment