Comments Add Comment

ओली र प्रचण्डवीच छलफल, प्रगति शून्य

३० असार, काठमाडौं । पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डवीच मंगलबार बालुवाटारमा कुराकानी भएको छ ।

‘दुई अध्यक्षवीच प्रधानमान्त्री निवासमा करिब एक घण्टा छलफल भयो, तर, खासै ठोस निश्कर्ष निस्किएको छैन,’ स्रोतले भन्यो, भोलि फेरि छलफल गर्ने कुरा छ ।’

पछिल्लो समय सत्तारुढ नेकपामा आन्तरिक विवाद चर्किएपछि स्थायी कमिटी बैठक साउन २ गतेसम्मका लागि स्थगित भएको छ । बैठक रोकेर पार्टीभित्र सहमति जुटाउने प्रयास गरिए पनि नेताहरु आ-आफ्नै पोजिसनमा रहेकाले सहमति जुट्न सकेको छैन ।

प्रधानमन्त्री ओली अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने अडानमा छन् भने प्रचण्ड र माधव नेपाल समूहका नेताहरु प्रधानमन्त्रीले एउटा पद छाड्नुपर्ने अडानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment