
३० असार, काठमाडौं । लकडाउनका कारण हालसम्म नखुलेको कपाल काट्ने सैलुन व्यवसायीले पसल खोल्न पाउनुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।
नेपाल नाई ट्रेड युनियनको आयोजनामा माइतीघरमा भएको प्रदर्शनमा सहभागी सैलुन व्यवसायीले काइयो, कैंची र एप्रोन लगाएका थिए ।
नाइ ट्रेड युनियनले देशभरिका सबै सैलुन र पार्लर खोल्न, लकडाउन अवधिभर नाई श्रमिक (हजाम) को पसल भाडा र कोठा भाडा पूर्ण रुपमा मिनाहा गर्न, नाई श्रमिकलाई निशुल्क पीपीई सेट वितरण गर्न माग गरेका छन् ।
त्यस्तै नाई श्रमिकलाई लकडाउन अवधिभर मासिक २५ हजार दिन, लकडाउन अवधिभरको बैंक ब्याज मिनाहा गर्न र कम्तीमा ५० लाखको जीवन बिमा गर्न पनि माग गरेका छन् ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4