Comments Add Comment

अफ्रिकामा ६ लाख नाघे कोरोना संक्रमित

३० असार, काठमाडौं । अफ्रिकामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या ६ लाख नाघेको छ । पछिल्लो केही समययता अफ्रिकामा निरन्तर कोरोना भाइरसका संक्रमित बढिरहेका छन् । अफ्रिकामा एक साताअघि मात्र अफ्रिकामा कोरोना भाइरसको संक्रमित संख्या पाँच लाख कटेको थियो । तर, अहिले यो संख्या बढेर ६ लाख १० हजार नाघिसकेको छ ।

अफ्रिकामा सबैभन्दा बढी कोरोना संक्रमित दक्षिण अफ्रिकामा देखिएका छन् । यो मुलुकमा अहिलेसम्म कोरोना भाइरसका दुई लाख ८७ हजार कोरो संक्रमित फेला परिसकेका छन् ।

यसैबीच अफ्रिकामा इबोलाको संक्रमण पनि बढ्न थालेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार अहिलेसम्म कंगो गणतन्त्र र मध्य अफ्रिका गणतन्त्रको सीमाक्षेत्रमा इबोलाका करिब ५० संक्रमित पुष्टि भएका छन् । डब्ल्यूएचओका आपतकालीन विशेषज्ञ माइक रयानले गत जुन महिनामा पहिलोपटक इबोलाको संक्रमित पत्ता लागेको जानकारी दिए । साथै डब्ल्यूएचओले यसलाई गम्भीर चासोको रुपमा हेरेको उनको भनाइ थियो ।

अहिले कंगोले दादुराको संक्रमणको सामना गरिरहेको छ । यो रोगको कारण अहिलेसम्म ६ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । साथै कोरोना भाइरसको कारण पनि यो मुलुकमा तीन हजारभन्दा बढी मानिसहरु संक्रमित भइसकेका छन् भने १८८ जनाको मृत्यु भइसकेको छ ।

स्रोत : अलजजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment