+
+
Shares

लकडाउनमा बहाल छुट गर्ने ६० जना घरधनी सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३० गते २०:०५

३० असार, बुटवल । लकडाउन अवधिको घरबहाल छुट गर्ने बुटवलका ६० घरधनी सम्मानित भएका छन् ।

कोरोना महामारीको कारण सरकारले गरेको लकडाउनको समयमा १० देखि शत प्रतिशतसम्म घरबहाल छुट गर्ने घरधनीहरुलाई बुटवल उद्योग वाणिज्य संघ र नेपाल घर बहाल सरोकार संघ रुपन्देहीले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

नेपाल घरबहाल सरोकार संघका केन्द्रीय अध्यक्ष शंकर कोइरालाले लकडाउन अवधिको भाडा छुट गरेर मानवीयता प्रदर्शन गरेकामा घरधनीलाई धन्यवाद दिए । सरकारले पनि व्यवसायीका समस्या मनन् गरेर उचित राहत प्याकेज ल्याउनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?