Comments Add Comment
तम्घास–सिमलटारी यात्रा जोखिमपूर्ण :

‘बाटो होइन, पहिरो झर्छ कि भनेर माथि हेर्दै हिँड्नुपर्छ’

पहिरो हेर्दै हिँडिरहेका एक पैदलयात्रु

३१ असार, गुल्मी । गुल्मीको रागेढुंगामा सडकमाथि ठूला–ठूला ढुंगा अड्किएकाले तम्घास–सिमलटारी यात्रा जोखिमपूर्ण बनेको छ ।

स्थानीय झबि पाण्डे भन्छन्, ‘दैनिकजसो पानी परिरहेकाले जतिबेला पनि ठूला ढुंगासहितको पहिरो जान सक्छ । पहिरो झरेर पुर्छ कि भनेर गाडि चालक र पैदल यात्रुहरु माथि हेर्दै हिँड्नुपर्छ ।’

दिउँसोको समयमा माथि हेरेर हिँड्ने गरे पनि रातिको समयमा भने यात्रा गर्न समस्या हुने गरेको पाण्डेले बताए ।

गुल्मीको धुर्कोट गाउँपालिकामा केही दिन पहिले गुडिरहेको सवारी साधनलाई सडक माथिबाट खसेको पहिरोले पुर्दा दुई जनाको मृत्यु भएको थियो ।

रागेढुंगाको पहिरोले ठूलो क्षति हुन नदिन तत्कालै पहिरो रोक्ने उपाय अपनाउनुपर्ने वा जोखिमपूर्ण अवस्थामा रहेका ढुंगा हटाउनुपर्ने स्थानीयको जोड छ ।

सडकमा खसेको पहिरो हटाएर सवारी आवागमन सुचारु गरिए पनि सडकमाथि अड्किएका ढुंगा भने हटाइएको छैन ।

केही वर्ष पहिले रैदी रागेढुंगा मन्दिर नजिकै पनि ठूलो ढुंगा जोखिमपूर्ण अवस्थामा रहेको थियो । सो ढुंगालाई नेपाली सेनाको टोलीले हटाएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment