Comments Add Comment

अस्ट्रेलियाबाट सस्तोमा उद्धार उडान सुरु

सिड्नी । अस्ट्रेलियाबाट अघिल्लो पटकको तुलनामा सस्तो भाडामा उद्धार उडान सुरु भएको छ । अघिल्ला दुई उडानमा भन्दा मंगलबार नेपाल उडेकाहरु ९ सय अस्ट्रेलियन डलर कममा उड्न पाएका छन् ।

नेपाली दूतावास अस्ट्रेलियाको पहलमा निर्माण गरिएको विशेष समितिको पहलमा गरिएको उद्धार उडानमा मंगलबार अस्ट्रेलियाका तीन सहरबाट एक सय ४९ जना नेपाल प्रस्थान गरेका छन् ।

सिंगापुरबाट नेपाल उडान भर्ने सिंगापुर एरलाइन्सको सिट क्षमता १४९ भएकाले अस्ट्रेलियाबाट १४९ जनालाई मात्रै पठाउन सकिएको एनआरएन अस्ट्रेलियाले जनाएको छ । अस्ट्रेलियाबाट नेपाल जान झन्डै ६ सय जनाले रुचि देखाए पनि उडान क्षमताका आधारमा १४९ जनालाई मात्रै मंगलबार पठाउन सकिएको हो ।

बुधबार नेपाल पुग्ने यात्रुहरुमा २ जना अस्ट्रेलियन नागरिक पनि छन् । उनीहरुले अस्ट्रेलियन सरकार र नेपाल सरकारको अनुमति लिएका थिए । यो उडानमा सिड्नीबाट १०४ जना, मेलबर्नबाट ३३ जना र ब्रिसबेनबाट १२ जना छन् । सिड्नी र ब्रिसबेनबाट एउटा जहाजले र मेलबर्नबाट फरक जहाजले सिंगापुरसम्मको व्यवसायिक उडानमा उनीहरुलाई बुधबार बिहान सिंगापुर पु¥याइने छ र सिंगापुरबाट काठमाडौंका लागि चार्टर गरिएको जहाजमा लगिने छ ।

नेपाल सरकारले काठमाडौंबाटै चार्टर गरेका अघिल्ला नेपाल एअरलाइन्सका उडानहरुको भाडा दुई हजार ६ सय ५० अस्ट्रेलियन डलर थियो । यो उडानको एक हजार ७ सय ५० अस्ट्रेलियन परेको छ । संकटका बेला नेपाल सरकारले नै नेपालीका लागि गरेको उद्धार उडानको भाडादर महँगो भएको गुनासो यात्रुहरुले गर्दै आएका थिए ।

अस्ट्रेलियाका तीन फरक स्थानबाट गरिएका उडानका यात्रुहरुलाई सहयोग गर्न गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका पदाधिकारीहरु, अस्ट्रेलियामा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरु र नेपाली दूतावासका प्रतिनिधिहरु विमानस्थलमा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment