+
+
Shares

महालक्ष्मीमा समुदायमा कोरोना परीक्षण, १३९ जनाकै रिपोर्ट नेगेटिभ

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३१ गते १५:००

३१ असार, काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकामा कोरोना संक्रमण फैलिएको आशंकामा समुदायमा पीसीआर परीक्षण गरिएको छ ।

केही दिनअघि नगरपालिकाका २३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको संम्पर्कमा आएका ७४ जनासँगै समुदायका १३९ जना गरी २१३ जनाको पीसीआर जाँच गरिएको हो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले जानकारी दिए ।

उपत्यकाकै नगरपालिकामा ठूलो संख्यामा कोरोना संक्रमित भेटिएपछि समुदायमै कोरोना फैलिएको हो कि भन्ने आशंकमा त्यहाँका समुदायका व्यक्तिहरुको समेत पीसीआर परीक्षणका लागि गत शनिबार स्वाब संकलन गरिएको थियो ।

समुदायमा गरिएको परीक्षणको नतिजा नेगेटिभ आएकोले अहिले आत्तिनु पर्ने अवस्था नरहेको तर उच्च सतर्कता र सजकता अपनाउन मेयर श्रेष्ठले अपिल गरेका छन् ।

यसअघि विदेशबाट फर्केका, अन्य रोगको उपचारका लागि अस्पताल गएका, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र अन्य जिल्लामा प्रवेश परीक्षा दिन जान लागेका विद्यार्थीहरुलाई शंकाको आधारमा स्वास्थ्य परीक्षण गर्दा नगरपालिकामा कोरोना पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?