+
+
Shares

कमिसन लिन गएका मेयरका छोरा ५ लाखसहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ असार ३१ गते १८:५८

३१ असार, जनकपुरधाम । सिरहामा कमिसन वापत रकम लिँदै गर्दा मेयरका छोरा पक्राउ परेका छन् ।

जिल्लाको कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डलका छोरा सन्त मण्डलसहित दुई जनालाई कमिसन वापतको ५ लाख रुपैयाँ लिँदै गर्दा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पक्राउ गरेको छ ।

मेयर मण्डलले डीपीआरको काम दिए वापतको कमिसन लिन आफ्ना छोरा सन्तलाई बुधबार लहान पठाएका थिए । सन्तले लहान नगरपालिका वडा नम्बर २२ बाट रकम लिँदै गर्दा उनीसहित स्थानीय जितेन्द्र महतोलाईसमेत पक्राउ गरिएको अख्तियारको बर्दिवास कार्यालयले जनाएको छ ।

‘यी दुई जनालाई ५ लाख कमिसन वापत लिदैं गर्दा पक्राउ गरेका हौं’ आयोगको वर्दिवास कार्यालयका एक कर्मचारीले भने, ‘यस बिषयमा अन्य अनुसन्धान भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?