Comments Add Comment

बलात्कार आरोपमा पूर्वप्रहरी पक्राउ

१ साउन, विराटनगर । जबरजस्ती करणी गरेको आरोपमा विराटनगरबाट एक पूर्व प्रहरी पक्राउ परेका छन् ।

२०७६ फागुन ३ मा आफूलाई जबर्जस्ती करणी गरेको दावी गर्दै एक महिलाले उजुरी दिएपछि विराटनगर महानगरपालिका–१२ बखरी घर भएका अवकाश प्राप्त सई नयन श्रेष्ठ पक्राउ परेका हुन् ।

विराटनगर–३ मा काडमाडौं सेक्युरिटी कम्पनी सञ्चालन गर्दै आएका श्रेष्ठले फागुन ३ गते साँझ सेक्युरिटी कम्पनीको कार्यालयमा बलात्कार गरेको भनी महिलाले जाहेरी दिएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए ।

घटनाको पाँच महिनापछि महिलाले आफूलाई धम्की दिएर बलात्कार गरेको भन्दै जाहेरी दिएको प्रहरीले बताएको छ ।

प्रहरीमा जाहेरी दिएकी महिलाले बलात्कार गरेको भिडियो बनाएको र सोही भिडियोको आधारमा श्रेष्ठका नाताले भाइ पर्ने ज्योति श्रेष्ठले ब्लाकमेलिङ गरेको उल्लेख छ । उक्त घटनापछि नयनकी श्रीमतीले पनि ब्लाकमेलिङ गरेको महिलाको दाबी छ । नयनका भाइ र श्रीमतीलाई खोजी गरिरहेको डीएसपी राईले बताए ।

प्रहरी स्रोतका अनुसार बलात्कृत भनिएकी युवतीलाई पनि डेढ वर्ष अघि मोरङ प्रहरीले पक्राउ गरेर जबर्जस्ती करणी उद्योगको मुद्दा चलाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment