Comments Add Comment

ब्राजिलका राष्ट्रपतिको कोरोना रिपोर्ट फेरि पनि पोजेटिभ

२ साउन, काठमाडौं । ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोको कोरोना परीक्षण रिपोर्ट फेरि पनि पोजेटिभ आएको छ । एक टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा बोल्सोनारोले सो जानकारी दिएका हुन् ।

बोल्सोनारोले ८ जुलाईमा पत्रकार सम्मेलन गरी आफू कोरोना संक्रमित भएको जानकारी दिएका थिए । तर संक्रमित व्यक्तिले मास्क खोलेर बोलेको भन्दै उनीविरुद्ध पत्रकारहरु विरोधमा उत्रिएका थिए ।

उनले कोरोनालाई सामान्य फ्लु भएको भन्दै संक्रमण फैलिन नदिन अपनाउनुपर्ने सावधानीका उपाय अपनाएका छैनन् । त्यसैले ब्राजिल कोरोनाबाट विश्वकै धेरै प्रभावित देशहरुको सूचीमा दोस्रो स्थानमा छ ।

आफू कोरोना संक्रमित भइसकेपछि राष्ट्रपति बोल्सोनारोले कोरोनाको औषधि भन्दै हाइड्रोक्सिक्लोरोक्विन खाएको भिडियो फेसबुकमा पोष्ट गरेका थिए । सुरुमा उच्च ज्वरो र टाउको दुख्ने समस्या भए पनि हाइड्रोक्सिक्लोरोक्विन औषधि खाएपछि राहत महसुस गरेको अनुभव उनले बताएका थिए ।

बुधबार एक टेलिभिजन अन्तर्वार्ताको क्रममा राष्ट्रपति बोल्सोनारोले हाइड्रोक्सिक्लोरोक्विन औषधिले कोरोना संक्रमितलाई निको बनाउने कुरा बैज्ञानिक रुपमा पुष्टि नभए पनि आफूमा भने सकारात्मक असर देखिएको दोहो¥याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment