Comments Add Comment

नारी सौन्दर्य र सोह्र श्रृंगार

साउन महिनामा श्रृंगारलाई पनि महत्व दिइन्छ । साउनको पहिलो दिन अर्थात साउने संक्रान्तिमा तिउरी लगाउने गरिन्छ, जो श्रृंगारसँग सम्बन्धित छ । खासगरी नङ, हातलाई रंगीन बनाउने प्रचलन हो यो ।

श्रृंगारलाई महिलाकै सौन्दर्यको एउटा हिस्सा मानिन्छ । सदियौंदेखि श्रृंगारको खास ढाँचा र महत्व रहँदै आएको छ ।  श्रृंगार शब्दको प्रयोग सामन्यतः ब्रस्त्रभूषण आदिले शरीरलाई सु–सज्जित गराउने अर्थमा लिइन्छ । सोह्र श्रृंगार शरीरको स्वच्छतादेखि श्रृंगार एवं मुस्कान, शारीरिक हाउभाउको संयोजन मानिन्छ । यसमा मेहेन्दी, आभूषण, केस–विन्यासदेखि मुस्कानसम्म पर्छ ।

स्नान 

श्रृंगारको सुरुवात स्नानपछि गर्नुपर्छ ।

बस्त्र

बिना वस्त्र सबै सौन्दर्य कान्तिहीन लाग्छ । प्रस्तर युगबाट शीत, ग्रीष्मबाट बच्न मानिसले रुखको बोक्रा, पशुको छालाले आफ्नो शरीर ढाक्ने गर्थे । कालन्तरमा सभ्यताको विकाससँगै बस्त्रमा अनेकन ढाँचा र बान्की देखापरे । यसरी बस्त्र सौन्दर्यकै मूख्य पाटोको रुपमा विकास भएको हो ।

हार

हार लगाउनुको अर्थ सुन्दर देखिनुका साथै स्वास्थ्यका लागि पनि हो । गला वा यसको नजिकमा यस्तो प्रेशर विन्दु हुन्छ, जसको केहि हिस्साबाट शरीरलाई लाभ प्राप्त हुन्छ ।

बिन्दी

टिका अर्थात बिन्दीलाई सौभाग्यको प्रतिक मानिन्छ ।

काजल

आँखालाई सुन्दर बनाउन एवं आँखाको सुरक्षा दुबै दृष्टिले काजल प्रयोग गरिन्छ ।

अधरंजन

ओंठ एवं अधरको सुन्दरता बढाउनका लागि त्यसमा केहि रंग प्रयोग गरिन्छ । प्राचिन कालमा फूलको रसबाट यो काम गरिन्थ्यो ।

नथ

नाखको सोभा बढाउनका लागि नाखमा छेडेर केहि प्रकारका नथ लगाइन्छ ।

केस सज्जा

केसमा सुगन्धित तेल लगाएर आकर्षक बान्कीका सजाइन्छ ।

कमरबन्ध

कमरको सौन्दर्यका लागि कमरबन्ध प्रयोग गरिन्छ । यसलाई सुन, चाँदी, हिरा, मोती जडान गरी विभिन्न आकारमा बनाइन्छ ।

चरणराग

खुट्टा वा हातको सौन्दर्य साथै छालाको सुरक्षाको लागि मेहेन्दी लगाउने परम्परा छ ।

गुणवती स्त्री

भनिन्छ, गुणवती स्त्रीको आभूषण अथावा श्रृंगारको आवश्यक्ता हुन्न । सुन्दर गुण नै उसको आभूषण हो । पवित्र, सुशील र चदाचारिणी स्त्रीलाई गुणवती मानिन्छ ।

स्त्रीको १२ अभूषण के हो ?

१. शील

२. लज्जा

३. मधुरवाणी

४. दृढाता

५. सरल स्वभाव

६. पतिव्रता

७ सन्तोष

८. सुहृदय

९. विनय

१०. क्षमा

११. हृदयको शुद्धता

१२. सेवाभाव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment