Comments Add Comment

के बलिउड फिल्म ‘लुटकेस’ ‘जात्रा’बाट प्रभावित हो ?

बलिउड चलचित्र ‘लुटकेस’को ट्रेलर सार्वजनिक भएको छ । तर, ट्रेलर सार्वजनिक भएसँगै बहस पनि सिर्जना भएको छ । चलचित्रको ट्रेलर हेर्ने अधिकांश नेपाली दर्शकले नेपाली चलचित्र ‘जात्रा’को कथावस्तुसँग यसको कथावस्तु मिलेको भन्दै प्रतिक्रिया दिएका छन् ।
पैसाले भरिएको झोला भेटेपछि त्यसलाई कसरी लुकाउने वा के गर्ने भन्ने दोधारमा अड्किएको एक पात्रको वरिपरी यो चलचित्र घुमेको छ । नेपाली चलचित्र ‘जात्रा’ले पनि सामान्य परिवारमा जीवन बिताइरहेको एक व्यक्तिले पैसाले भरिएको बोरा भेटेपछि उत्पन्न हुने परिस्थितीको कथालाई प्रस्तुत गरेको थियो ।

राजेश कृष्णननको निर्देशनमा तयार भएको यो चलचित्रमा कुनाल खेमु, रसिका डुगाल, विजय राज, रणवीर सोरी लगायतको मुख्य भूमिका छ ।

जुलाई ३१ मा यो चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज हुँदैछ । पुरा चलचित्र हेरिसकेपछि यो ‘जात्रा’बाट प्रभावित छ या छैन भन्न सकिनेछ । तर, चलचित्रको ट्रेलरले भने नेपाली दर्शकलाई त्यसको छनक दिइसकेको छ ।

‘जात्रा’का प्रस्तुतकर्ता रविन्द्र सिंह बाँनियाले भने–‘अब कन्सेप्ट मात्र मिलेको हो या चलचित्र नै प्रभावित हो भन्ने अहिले नै भन्न सकिदैन । हामी अहिले यो बिषयमा पनि वुझ्दैछौ । सबै कुरा वुझिसकेपछि कसरी अगाडि बढ्ने निर्णय गर्छौ ।’ बाँनियाले आफूलाई पनि धेरै शुभचिन्तकले दुई चलचित्रको बिषयवस्तु मिलेको भनेर म्यासेज पठाएको बताए ।

प्रदिप भट्टराई निर्देशित चलचित्र ‘जात्रा’मा विपिन कार्की, वर्षा राउत, रविन्द्र सिंह बाँनिया, रविन्द्र झा लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment