+
+

लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २ गते १३:४५

२ साउन, काठमाडौं । लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको दमक–७, कृष्ण मन्दिरका २९ वर्षीय चन्दन जिन्दल छन् ।

झापा, बारा, पर्सा, सर्लाही लगायतका जिल्लाका व्यक्तिलाई विभिन्न बहानामा ठगी गरेको अभियोगमा महानगरीय अपराध अनुसन्धान महाशाखाले उनलाई पक्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार उनलाई भक्तपुरको गठ्ठाघर क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो । उनीविरुद्ध जिल्ला अदालत, बारामा बैंकिङ कसुर सम्बन्धी अभियोगमा किटानी जाहेरी छ भने इलाका प्रहरी कार्यालय, दमकमा पनि ठगी मुद्दा दर्ता छ ।

उनले आफूलाई मनिष अग्रवाल भनेर २२ जना व्यक्तिबाट ७ करोड ८१ लाख ४२ हजार रुपैयाँ लगेको प्रहरीले जनाएको छ । साथै, उनले अन्य थुप्रै व्यक्ति तथा उद्योगमा पनि ठगी गरेको उजुरी आइरहेको थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?